गम्भीर घाइते अवस्थामा भेटिएको अजिङ्गरको उद्दार
सहयात्रा टिभी
धनुषा । माघ -११, धनुषाको साझेदारी बनबाट जिल्ला वन कार्यालय धनुषा र मिथिला वाइल्डलाइफ ट्रष्टका पदाधिकारीको संयुक्त टोलीले गम्भीर घाइते अवस्थामा फेला परेको अजिङ्गरलाई उद्धार गरेको छ । १७ फिट लामो र ४० किलो तौल भएको घाइते अजिङ्गरलाई गम्भीर घाइते हुने गरी कुटेर बेहोस छोडिएको अवस्थामा भेटेपछि स्थानीयले जिल्ला वन कार्यालय धनुषालाई खबर गरेका थिए ।
धनुषाका सहायक वन अधिकृत सुरेश शर्माका अनुसार अजिङ्गरको शरीरको विभिन्न भागमा गहिरो चोट देखिएको छ । अहिले अजिङ्गरको धनुषाधामको संरक्षित वनमा उपचार भइरहेको छ । गोठालाहरुले नै मरणासन्न हुनेगरि कुटपीट गरेर मर्यो भनेर फालिदिएको हुनसक्ने शर्माले बताउनु भयो । अहिले उक्त अजिङ्गरलाई धनुषा संरक्षित वनमै राखेर उपचार गरिने र निको भएपछि कहाँ लैजाने भन्ने निर्णय गरिने सहायक वन अधिकृत शर्माले बताउनुभयो ।