नयाँ सरकार गठन हुने भए राजीनामा दिन तयार : उपप्रधानमन्त्री गच्छदार
सहयात्रा टिभी
बिराटनगर । माघ -१४, नेपाली काँङ्गेसका नेता तथा उप्रधनमन्त्री विजयकुमार गच्छदारले शनिवार विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै नयाँ सरकार गठन भएको खण्डमा ५ दिन भित्रमा सरकार राजीनामा दिन तयार रहेको बताउनु भएको छ ।
गच्छदारले संविधान अनुसार तुरुन्त सरकार गठनै हुन नसक्ने बताउँदै आफुहरु सरकारमा बसिरहेको दाबी गर्नु भएको छ । उहाँले राष्ट्रिय सभाको निर्वाचन पछि कांग्रेस र लोकतान्त्रिक फोरम बीच सम्मानजनक समायोजन हुने पनि बताउनु भयो ।