धरानमा आगलागी, सात लाख बराबरको क्षति

सहयात्रा टिभी

सुनसरी । माघ -१६, सुनसरीको धरान उपमहानगरपालीका १५ स्थित बमबाहदुर विश्वकर्माको घरमा आगलागी हुँदा झण्डै ७ लाख बराबरको क्षति भएको छ ।

 

विद्युत सर्ट भइ सुरु भएको उक्त आगलागीबाट विश्वकर्माको घर र घर भित्रका सामानहरुमा क्षति पुगेको प्रहरीले बताएको छ । स्थानीयबासी र प्रहरीको सहयोगमा आगलागी नियञ्त्रणमा लिइसकिएको छ ।

प्रकाशित : 30 January, 2018

प्रतिक्रिया दिनुहोस्