छ जुवाडे तेत्तीस लाख रुपैँयासहित पक्राउ
सहयात्रा टिभी
सुर्खेत । माघ १८, सुर्खेत प्रहरीले बुधबार राती गणेशचोकबाट ३३ लाख नगद सहित भूतपूर्व असई भद्रबहादुर क्षेत्रीको घरमा छ जना जुहाडे पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर–१ बाङ्गेसिमलका ज्ञानेन्द्रबहादुर विश्वकर्मा, वीरेन्द्रनगर–३ का टीका वली, ज्ञानेन्द्र नेपाली, वीरेन्द्रनगर–६ का दुर्गाप्रसाद सापकोटा, भद्रबहादुर क्षेत्री र सविर मियाँ छन् ।
प्रहरीले जुवाको खालबाट रु २६ लाख ७५ हजारको चेक पनि बरामद गरेको छ ।बिशेष सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरेको बताउँदै प्रहरीले जुवा ऐन अन्तर्गत कारवाही गर्ने जनाएको छ। उनीहरुलाई प्रहरीले जुवा खेलिरहेकै अवस्थामा पक्राउ गरेको थियो ।