आजको सामाजिक सञ्जालमा युवा जमात ! कसले के भने ? केही विचारहरु ….
सहयात्रा टिभी
सामाजिक सञ्जालबाट केही महत्वपूर्ण बिचारहरु :

Purnima Parajuli
मान्छे जतिसुकै राम्रो पढेलेखेको धनी बुद्दिमान किन नहोस, यदि नारीलाई सम्मान गर्न सक्दैन भने त्यो जस्तो औकाति संसारमा हुँदैन ।

Bimal Poudel Aavas
परिवर्तन गर्छु भनेर सहयोगी संस्थामा बसी केबल फोटो हरुका लागि हर कार्यक्रममा राम्रो बनेर जाने ती फोहोरी मनहरु प्रशस्तै छन् बजारमा ।

Raju Dahal
झुट बोलेर कसैलाई मख्ख पार्नु भन्दा त कसैलाई तीतै लागोस तर सााँचो नै भन्नु ठीक लाग्छ ।

Mahenda Chaulagain
दुखद कुरा फेसबुकको विकृती पनि गाउँमा यसरी भित्रिएछ की ससाना १५/ १६ बर्षका केटाकेटीहरु पोइला भाग्न थालेछन् अनी सानैमा आमा बन्दा २/ ४ को मृत्यु पनि भएछ ।

Pantha N Arn
छिमेकीले अन्तरिक्षमा यान पठाउँछ ,
मेरो देशले खाडीमा ज्यान पठाउँछ
बिहे पछि भर्खर बिदेश गएको छोराले
आमा विर्सन्छ, श्रीमतिलाई सामान पठाउँछ ।

Tulsi Pd Bhattarai
मलाई दुबै हातमा फाइदै छ
म मन्त्री हुँदा देखि कै काइदै छ ।
बिरामी परे वा कतै जानु पर्दा
यता राज्यको खर्चमा जाइदै छ ।
मिलेको छ सत्ता र भत्ता पुरानै
यहाँ भाग बन्डा सबै लाइदै छ ।
निकै पल्ट भो खेल यो राजनीति
जता जे गरे मान नै पाइदै छ ।
अनौठो भयो भोटमा हार खाएँ
कठै फेरि कुर्सी अझै चाइदै छ ।


