मिनी ट्रकको ठक्करबाट बालकको मृत्यु 

सहयात्रा टिभी

भक्तपुर । फागुन -८, भक्तपुरको चाँगुनारायण नगरपालिका ८ मा मिनी ट्रकको ठक्करबाट १९ महिनाको एक बालकको मृत्यु भएको छ। रोल्पा घर भई हाल चाँगुनारायण नगरपालिका८ आरुबारी बस्दै देवेन्द्र बुढाका १९ महिनाको छोरा सबिनको बा २ ख १३७८ नम्बरको मिनी ट्रकले दिउँसो साढे २ बजे ठक्कर दिँदा मृत्यु भएको हो ।ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल जाने क्रममा बाटोमा निधन भएको हो ।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित : 20 February, 2018

प्रतिक्रिया दिनुहोस्