नेपाल टस हारेर फिल्डिङ् गर्दै

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन २०, आईसीसी विश्वकप छनोट अन्तर्गतको आजको पहिलो खेलमा नेपालले आयोजक जिम्बावे विरुद्द खेल्दै छ । क्वीन्स स्पोर्ट्स क्लबमा हुने खेलमा घरेलु टोली जिम्बावेले टस जितेर बटिङ् रोजेको छ । जिम्बावे नेपालका लागि बलियो र अनुभवी टिम हो । विश्वकपमा १९८३ पछि लगातार खेल्दै आएको जिम्बावे सँगको खेल नेपालका लागि ५० ओभरमा सबैभन्दा ठूलो खेल हो ।
यसै खेलबाट स्पीनर ललित नारायण राजवंशीले डेब्यू गर्ने भएका छन् ।

प्रकाशित : 4 March, 2018

प्रतिक्रिया दिनुहोस्