विमान दुर्घटनाको ६३ वर्षको इतिहास : हालसम्म ६६८ को मृत्यु

सहयात्रा टिभी

काठमाडौं । सुरक्षाका दृष्टिकोणले केहि हदसम्म हवाईजहाजको यात्रा सुरक्षित मानिन्छ । तर बर्षेनी हुने गरेका भयानक विमान दुर्घटनाले गर्दा हवाईजहाजको यात्रा पनि सुरक्षित छैन भन्ने आभाष गराईदिन्छ । हिजो अर्थात आइतबार सन् २०१८ मार्च १२ सम्मको विमान दुर्घटनाको इतिहास हेर्दा  सन् १९५५ मा नेपालमा पहिलो अन्तर्रा्ष्ट्रिय विमान दुर्घटना भएको थियो। सिमरामा भएको उक्त दुर्घटनामा पनि दुई जनाको मृत्यु भएको थियो । त्यस्तै गरि सन् १९५६ र सन् १९५८ मा भारतीय एयरलाइन्सको दुई जहाज दुर्घटनामा परेका थिए । सो दुर्घटनामा ३४ जनाको मृत्यु भएको थियो । नेपालमा हुने गरेका विमान दुर्घटना अन्तरिक र अन्तर्रा्ष्ट्रिय उडान भर्ने विमान परेका छन् ।

हालसालै भएको भयानक विमान दुघृटना आइतबार सन् २०१८ मार्च १२ को थियो । त्रिभुवन विमानस्थल काठमाण्डौमा युएस बंगलाको विमान दुर्घटनामा पर्यो । उक्त विमान दुर्घटनामा परि ४९ जनाको मृत्यु भयो भने २२ जना घाईते भए । विमान दुर्घटनाको ६३ वर्षे इतिहासमा प्रत्येक वर्षजसो दुर्घटना हुने गरेको छ । हालसम्म विमान दुर्घटनामा परि ६६८ जनाले अनाहकमा ज्यान गुमाएका छन् ।

प्रकाशित : 13 March, 2018

प्रतिक्रिया दिनुहोस्