सरकारले भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरण गर्ने म्याद थप ग¥यो
सहयात्रा टिभी
काठमाण्डौं । चैत्र–२०, भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरणको म्याद असार मसान्तसम्म थपिएको छ ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा मंगलबार बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको बैठकले भूकम्पपीडितले दोस्रो किस्ता रकम लिन तीन महिना समय थपेको हो ।
सबै लाभग्राहीले अनुदान रकम नपाउने स्थति आएपछि म्याद थपिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले तीन महिना म्याद थप्ने निर्णय गरेको समितिले जनाएको छ ।
प्राधिकरणले यसअघि दोस्रो किस्ताको रकम यही चैत मसान्तभित्र बुझिसक्नुपर्ने निर्णय गरेको थियो ।
पुनर्निर्माण प्राधिकरणका सीईओ युवराज भुसालको अनुसार भूकम्प पीडितका एक लाख १४ घर बनिसकेका छन् । ३ लाख ९० हजार घरहरु निर्माणाधीन छन् ।