आदिवासी जनजाति महासंघ आन्दोलनमा
काठमाण्डौँ । बैशाख–९, नेपाल आदिवासी जनाजाति महासंघ आन्दोलनमा झुम्मिरहेको छ । उनिहरुले विभिन्न मागको विषयमा आन्दोलन गरेको हो । पहिलो चोटिको आन्दोलन शान्तिपुर्ण हुने र दास्रो चोटी आक्रमण सहित अघि बडने दाबी गरेका छन ।
देशमा भर्खरै निर्वाचन सकिएता पनि राजनीतिक स्थिरता स्थापित भएका बेला आदिवासी जनजातिहरुले आन्दोलन सुरु गरेको छ । उपाध्यक्ष गोविन्द छन्त्यालले ओली सरकारसँग विभिन्न मागहरु राखेर आन्दोलन थालिएको बताए ।
आदिवासी जनजातिहरुले मनाउँदै आएका चाडपर्वहरुमा विदा खारेज गर्ने सरकारी निर्णय फिर्ता लिइयोस् । शिवरात्रीमा चाहिँ सबैले विदा पाउने, जनजातिको चाडपर्वहरु सबैलाई बिदा नदिने सरकारी निर्णय जनआन्दोलनको भावना विपरीत छ, यसलाई सच्याइयोस् भन्दै आन्दोलन गरेको हो ।
काठमाडौंमा भइरहेको गैरन्यायिक सडक विस्तार रोकियोस् देश धर्म निरपेक्ष भइसकेको अवस्थामा परम्परादेखि खाँदै आएका आदिवासी जनजातिहरुले गाईगोरुको मासु खान पाउनुपर्छ । गाईको मासु खाएर जेलमा परेकाहरुलाई थुनामुक्ता होस भन्ने विषयमा आन्दोलन गरेको हो ।