राष्ट्रपति भण्डारीद्धारा पशुपतिमा पूजापाठ
सहयात्रा टिभी
काठमाण्डौं । बैशाख–१०, राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार पशुपतिमा पुजापाठ गरेकी छन् । राष्ट्रपति भण्डारीले पशुपतिमा विषेश पुजापाठ गर्नुका साथै पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग छलफल पनि गरेकी हुन् ।
छलफलमा राष्ट्रपति भण्डारीले पशुपति क्षेत्रलाई सफा, हराभरा र व्यवस्थित बनाउनु पर्नेमा जोड दिएकी छन् । पशुपति क्षेत्र विकास कोषको पूर्व सदस्य समेत रहेकी राष्ट्रपति भण्डारीले पशुपति क्षेत्रभित्र रहेका बगैंचा लागायतको सुरक्षा र सरसफाइलाई व्यवस्थित बनाउन सम्बन्धित व्यक्तिहरुमा आग्रह समेत गरेकी छन् ।