भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण आउने तयारी

सहयात्रा टिभी

जनकपुर । बैशाख–११, प्रधानमन्त्री मोदी नेपाल आउने भएका छन । प्रधानमन्त्री मोदीको लागि अस्थायी राजधानी जनकपुरधाममा  स्वागतको तयारी स्थानीय सरकारले सुरु गरेको छ ।

भारती प्रधानमन्त्रीको नेपाल भ्रमणको तयारी गर्न परराष्ट्र मन्त्रालयले धनुषा जिल्लास्थित सरकारी निकायलार्इ समेत पत्राचार गरेको छ। यसैबीच भारती प्रधानमन्त्रीको जनकपुरधामको विषयमा भारतीय राजदूत मञ्जीव सिंह पुरी र मुख्यमन्त्री लालबाबु राउतबीच छलफल गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही महिना नेपाल आउने भएका छन । उनको नेपाल भ्रमण लागि जनकपुर भ्रमणको लागि भारतीय दूतावास समेत तयारीमा जुटेको छ। जनकपुर भ्रमणको विषयमा भारतीय गुप्तचर संस्थाहरूले समेत अध्ययन गरिरहेको स्रोतले जनाएको छ।

प्रकाशित : 24 April, 2018

प्रतिक्रिया दिनुहोस्