आईएमई सेन्टरबाट ३ लाख लुटपाट
सहयात्रा टिभी
काठमाण्डौं । बैशाख–११, काठमाण्डौंको कालिमाटी स्थित एक आइएमईमा एक व्यक्तिद्धारा लुटपाट भएको छ । पानीको वोतल देखाएर पैसा नदिए एसिड खन्याइदिने धम्कि दिदै उक्त व्यक्तिले काउन्टरमा रहेको ३ लाख रकम लुटेको हो ।
कलंकी घर भएका राजेन्द्र वस्नेतले कालिमाटि चोकमा संचालन गरेको क्रिस्टल इन्टरप्राईजेज आईएमई सेन्टरबाट नगद लुटपाट गरेको प्रहरीले जनाएको छ । काउन्टरमा रहेका रुविना कोइराला र अप्सरा थापालाई अपरिचत व्यक्तिले पानिको वोतल देखाएर एसिड खन्याउने धम्कि दिँदै काउन्टरको रकम लिएर फरार भएको हो । फरार लुटेराको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।