शिक्षकलाई राजनीति नर्गन आग्रह

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–११, सिनामंगलस्थित गुह्येश्वरी माध्यमिक विद्यालयमा सोमबार आयोजित भर्ना अभियान कार्यक्रममा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकलाई राजनीति गर्नु नहुने आग्रह गरेका छन ।

यदि राजनीति गर्ने हो भने शिक्षक पेशा छोडेर लाग्नु पर्ने जानकारी दिए । मन्त्री पोखरेलले राजनीति गर्न मन हुने शिक्षकलाई नपढाउन र राजनीति तिरै लाग्न कार्यक्रममा आग्रह गरेको हो ।

जागिर मात्र खाने भए शिक्षकले विधार्थीलाई राम्रो शिक्षा दिन नसक्ने उनले बताएका छन । पोखरेलका अनुसार सरकारी स्कुलको स्तर उकास्नका निमित शिक्षकले बडि मेहनत गर्नुपर्ने बताए ।

सो अवसरमा मन्त्री पोखरेलले रौतहटका प्रशान्त साह र अदिति साहलाई विद्यालयमा भर्ना गराएका थिए । सरकारले ल्याएको भर्ना अभियानलाई सफल बनाउन विद्यालयले घरदैलो तथा शैक्षिक जागरण अभियान आयोजना गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिपी अर्यालले विद्यालयलाई उत्कृष्ट शैक्षिक केन्द्र बनाउन लागिरहेको बताए ।

प्रकाशित : 24 April, 2018

प्रतिक्रिया दिनुहोस्