करेन्ट लागेर एकको मृत्यु

सहयात्रा टिभी

झापा । बैशाख–१८, झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

झापाको भद्रपुर नगरपालिका–१ स्थित हिमाली चोक बस्ने ५२ वर्षीय बालकुमार तामाङको सोमबार करेन्ट लागेर मृत्यु भएको हो ।

किच्चकबध दुध डेरीमा दुध बेच्न गएका तामाङ टिलिङभ्याटको ढकन खोल्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए । उनको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचारका क्रममा बेलुका ७ बजे मृत्यु भएको सीमा प्रहरी चौकी पृथ्वीनगरले जनाएको छ।

प्रकाशित : 1 May, 2018

प्रतिक्रिया दिनुहोस्