आर्सनललाई हराउँदै एथ्लेटिको मड्रिड युरोपा लिगको फाइनलमा

एजेन्सी । बैशाख–२१, आर्सनललाई हराउँदै एथ्लेटिको मड्रिड युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई १ – ० गोलले पराजित गर्दै समग्रमा २ – १ को जितसहित एथ्लेटिको फाइनलमा पुगेको हो ।
घरेलु मैदानमा एथ्लेटिकोलाई जिताउन डिएगो कोष्टाले निर्णायक गोल गरे। उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए। उक्त गोल नै एथ्लेटिकोलाई फाइनलमा पुग्न प्रयाप्त रह्यो।
सन् २०१६ को च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडसँग पराजित भएपछि एथ्लेटिको पहिलो पटक युरोपियन फुटबल प्रतियोगिताको फाइनलमा पुगेको हो ।
अब उपाधिको लागि एथ्लेटिकोले फ्रेन्च क्लब मार्सेलीसँग खेल्ने छ। मार्सेलीले अष्ट्रियाको रेडबुल साल्जवर्गलाई समग्रमा ३/२ गोल अन्तरले हराएर फाइनलमा प्रवेश गरेको हो।