लाखौँ मुल्यमा बिक्यो ट्रप्पको नांगो मूर्ति

एजेन्सी । बैशाख–२६, संयुक्त राज्य अमेरिकामा सन् २०१६ को राष्ट्रपति चुनावका बेला बनाइएको तत्कालिन उम्मेदवार डोनाल्ड ट्रम्पको निर्वस्त्र मूर्ति हालै ३० लाख मुल्यमा बिक्रि भएको छ । जिन्जर नामक कलाकारले बनाएको उक्त मूर्ति ज्याक बेगेन्सले ३० लाख मुल्यमा खरीद गरेका हुन् ।
सन् २०१६ मा उनले वासिंटन पोष्टलाई बताए अनुसार उक्त मूर्ति माटो र सिलिकनबाट बनेको छ । साथै यसको तौल ८० पाउण्ड रहेको छ ।उक्त मूर्ति तत्कालिन समयमा न्युयोर्कको एउटा चर्चित पार्क लगायतका विभिन्न ४ ठाउँमा राखिएको थियो ।
उक्त मूर्तिहरु मध्ये ३ वटा मूर्तिहरु तोडफोड भइसकेका छन् भने बाकिँ रहेको एउटा मूर्तिको हालै बिक्रि भएको हो । जुलियस अक्सन्सले घोषणा गरे अनुसार लस एन्जल्सको एक लिलामीमा उक्त मूर्ति बिकेको हो ।