कार्यपालिकाको बैठकमा हिडेका वडाध्यक्ष मृत अवस्थामा भेटिए

रामेछाप । बैशाख–२६, रामेछापको उमाकुण्ड गाउँपालिका–५ का वडाध्यक्ष कुवीर खत्री मृत अवस्थामा भेटिएको छ । उनी मंगलबार बिहान गाउंपालीकामा कार्यपालिकाको बैठकमा पुग्नु पर्ने भन्दै बिहान ७ बजे नै घरबाट निस्केका थिए ।
खत्री मंगलबार बिहान ८ बजे देखि सम्पर्क विहिन भएका थिए । उनी कार्यलयको बैठकमा अबेर सम्म पनि नपुगेपछि गाउँपालिकाको प्रमुख लगायतका पदाधिकारीहरुले वडाध्यक्ष खत्रीलाई मोबाइलमा सम्पर्क गर्दा फोन उठेन त्यसपछि उनको परिवारलाई फोन गर्दा बिहानै घरबाट निस्किएको जानकारी आएपछि उनको खोजी भएको थियो । उनको बुधबार बिहान वडा नम्बर ५ प्रितीकै बसेरी चिलाउने भन्ने ठाउँमा खत्रीको शव भेटिएको हो ।