पहिले समाजको प्रश्नले पिरोल्थ्यो, अहिले बच्चाको भविष्यले : समाजसेवी सविता

सहयात्रा टिभी

काठमाडौं । पुरानो सिनामंगलस्थित एउटा स्कुलमा पुग्दा केही बालबालिकाहरु अनौठा क्रियाकलाप गरिरहेका थिए । कोही रोइरहेका त कोही एकसुरले हाँसिरहेका । आफ्नै टाउकोमा हात बजार्दै गरेको दृश्य हाम्रा लागि ’अनौठो’ थियो ।

क्लासको बेन्चमा सेभिङ क्रिम औलामा दलेर एक नाबालक लेखिरहेका थिए ( वान, टू, थ्री… । केही अंक भन्न सकिरहेको थिएनन् उनी। छेउमै बसिरहेकी ’मिस’ सम्झाउँछिन्… सेभेन, एट, नाइन, टेन। उसले आफ्नो गणना पूरा गर्छ। मिस भन्छिन्, ’गूड जब माइ ब्वाय।’

स्कुलको प्रांगणमा सामान्य खैलौनाहरु छन्। कक्षाकोठा रंगीचंगी। कतै कागजको फूल टाँसिएको छ त कतै पेन्टिङ। बालबालिका क्लासभित्रै खेलिरहेका छन्। उनीहरुलाई सम्हाल्न मिसहरुलाई हम्मेहम्मे परिरहेको छ। राम्रोसँग खेल्न र पढ्न सकेका छैनन् बालबालिका।

त्यही स्कूलको कम्पाउण्ड जोडिएको अर्को स्कूलबाट केटाकेटी खेलेको चर्को आवाज सुनिन्छ। त्यहाँ उनीहरु बास्केटबल खेलिरहेका रहेछन्। एकै उमेरका भए पनि यी दुई स्कुलका बालबालिकाबीच भिन्नता छ। बास्केटबल खेलिरहेकाहरु सामान्य छन् र हामी जुन स्कुलमा छौं त्यहाँका बालबालिका ’अटिजम’ भएका।

उनीहरु पढ्ने स्कूल हो, ’विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र’। अटिजम भएका ४० जना बालबालिकाहरु त्यही स्कूलमा पढ्छन्। बिहान ९ बजे देखि साँझ ४ बजेसम्म उनीहरु यही भेटिन्छन्।

एकोहोरिने, एक्लै बस्ने र आफ्नै अभिभावसँग पनि नबोल्ने अटिजमको लक्षण हुन्। अटिस्टिक बच्चा स्याहार्नु चुनौतीको विषय हो। विगत ८ वर्षदेखि त्यही चुनौती सामना गरिरहेकी छिन् सविता उप्रेतीले। अविवाहित तर, सबैको ’म्याम।’

हामी पुग्दा सविता बच्चाहरुसँग व्यस्त थिइन्। हामी उनीहरुको क्रियाकलाप हेर्न थाल्यौँ। क्लासमा बसिरहेको एकजना नाबालक क्लासबाट बाहिर आएर भने, ’नमस्ते।’

अस्वाभाविक लाग्नेगरी ती बालकले हाम्रो गाला चिमोटे। लगत्तै रमाउँदै भित्र छिरे। क्लासभित्र हाँसो गुञ्जियो। अधिकांश बालबालिका सामान्यभन्दा फरक देखिन्थे यहाँ।

उनीहरुलाई अल्मल्याएपछि सविता हामीसँग कुरा गर्न तयार भइन्। भनिन्, ’८ वर्ष भइसक्यो संस्था वामे सर्दैछ। बच्चाहरुलाई स्याहार्ने काम अत्यन्तै गाह्रो।’

कुराको पोको पुरानो समयबाटै खोल्छिन्। अहिले समाजसेवीको परिचय बनाएकी सविता कुनै समय स्कूले टिचरमात्र थिइन्। केही समय पत्रका

प्रकाशित : 13 May, 2018

प्रतिक्रिया दिनुहोस्