एक महिलाले आफ्नै जिब्रो काटेर मन्दिरमा चढाएपछि
सहयात्रा टिभी
काठमाण्डौं । जेठ–६, भारतकी एक महिलाले आफ्नो जिब्रो काटेर मन्दिरमा चढाएकी छन् । आफुलाई दुर्गा देवीको भक्त भन्ने भारतको मध्यप्रदेशकी गुड्डी तोमार नामकी एक महिलाले गत बुधबार आफ्नो जिब्रो काटेर दुर्गा मन्दिरमा चढाएकी हुन् ।
बिजासेन माताको मन्दिरमा दिउँसो पुजा गरिरहेको समयमा उनले आफ्नो जिब्रो काटेर चढाएकी हुन् । जिब्रो काटेर चढाएपछि ती महिला बेहोस भएकी थिइन् । उनलाई अन्य भक्तजनहरुले अस्पताल पु¥याएका थिए । हाल उनको अस्पतालमा उपचार भइरहेको छ ।
उनी दुर्गादेवीको भक्त हुन र विवाह गरे देखिनै उनी विहान बेलुकै दुर्गा माताको पुजा गर्ने गरेको उनका पति रवी तोमारले बताए ।
गुड्डीले भगवानको विश्वास र आस्थाको कारणले आफ्नै इच्छा अनुरुप आफ्नो जिब्रो मन्दिरमा चढाएको प्रहरीले जनाएको छ ।