राहदानी विभागको सर्भर डाउनका कारण सेवा प्रभावित
सहयात्रा टिभी
काठमाडौँ । असोज १५, त्रिपुरेश्वरस्थित राहदानी विभागको सर्भर डाउन भएको छ । कर्मचारीहरुले भने ‘इन्टरनेट डाउन’ भएका कारण सेवा प्रभावित भएको बताएका छन् ।

विभागका एक उच्च अधिकारीले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘इन्टरनेटमा समस्या देखिएको छ । त्यसलाई बनाउन सुबिसुका कर्मचारीहरु आउनु भएको छ ।’
उनका अनुसार इन्टरनेटमा समस्या आउँदा वायोमेट्रिक लगायतका काम प्रभावित भएको छ । यद्यपि अफलाइनमा हुने अन्य कामहरु भने भइरहेको ती कर्मचारीले बताए ।
राहदानी विभागले भने यो समचार तयार पार्दासम्म औपचारिक रुपमा केही जानकारी दिएको छैन ।
