३३ किलो सुन तस्करीका २८ जनालाई क्षेत्रिय कारागार झुम्का लगिँदै

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१०, सुन काण्डमा रहेका २८ जना अभियुक्तलाई विरटनगरको कारागारमा नअटेपछि क्षेत्रिय कारागार झुम्का लाने भएको छ ।

जिल्ला अदालत मारेङले ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्यामा जेल चलान गरिएका २८ जना अभियुक्तलाई विराटनगरको कारागरमा नअट्ने भएपछि क्षेत्रीय कारागार झुम्का लगिने भएको हो । अदालतबाट स्वकृति लिएर मात्र अर्को कारागार लैजाने कानुनी व्यवस्था रहेको छ ।

कारागारमा बस्ने ठाउ नहुदा कैदिहरु अहिले सम्म प्रहरी कार्यलय मोरङको हिरासत मै रहेका थिए । उनीहरुलाई अदालतबाट आदेश आएपछि झुम्का लगिने भएको हो । अदालतले एसएसपी दिवेश लोहनीसहित २८ जनालाई मंगलवार पुर्पक्षको लागि जिल्ला कारागार मोरङ लैजान आदेश दिएको बताइएको छ ।

प्रकाशित : 24 May, 2018

प्रतिक्रिया दिनुहोस्