पर्वत गाउपालीकाको केन्द्र परिर्वतन गर्ने निर्णय
सहयात्रा टिभी
पोखरा । जेठ–१०, मन्त्रीपरिषदको बैठकले पर्वत गाउपालीकाको केन्द्र परिर्वतन गर्न सिफारिस गर्ने तयारी गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले मोदी गाउँपालिका केन्द्रलाई देउपुरकै पातीचौरमा परिर्वतन गर्ने निर्णय गरेको हो ।
बैठकमा निर्णयबारे जानकारी गराउदै मोदी गाउँपालिका–२ स्थित साविक देउपुर गाविसको कार्यालयमा रहेको केन्द्रलाई देउपुरकै पातीचौरमा सार्ने गरी दुईतिहाई गाउँपालिका सदस्यबाट प्रमाणित भएको छ ।
त्यसलाई केन्द्रमा सिफारिस गरी पठाउने निर्णय गरेको विकासमन्त्री रामशरण बस्नेतले बताएका छन । बैठकमा सरकारले ल्याउने आगामी बजेट, आसन्न गणतन्त्र दिवसलगायत विषयमा छलफल भएको उनले बताए ।