सिरहामा तलब नपाएपछि स्वास्थ्यकर्मी धर्नामा

काठमाण्डौँ । जेठ–२४, सिरहाको मिर्चैया नगरपालीकामा पाच महिना देखि तलव नदिएको भन्दै स्वास्थ्यकर्मीले धर्ना दिएका छन । स्वास्थ्यकर्मीहरुले पटक–पटक तलब उपलब्ध गराउन माग गरे पनि उलब्ध नभएपछि धर्ना दिएका हुन ।
उनीहरुलाई नगरपालीकाले माग महिना देखिनै मासिक तलब नदिएको बताएका छन । आफुले परिश्रम गरेबापत तलब नपाउदा घरखर्च , शैक्षिक खर्च र घरभाडा तिर्न गाह्रो भएको स्वास्थ्यकर्मीहरुको गुनासो छ ।
उनीहरुले मानसिक र शारीरिक समस्याको समेत सामना गर्नु परेको दुखेसो पोखेका छन् । मिर्चैया नगरपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र र सातवटा स्वास्थ्य चौकीमा गरी करीब ६५ जना स्वास्थ्यकर्मी कार्यरत रहेको बताइएको छ ।
संघीय संरचना लागू भएसँगै स्वास्थ्य मन्त्रालयले स्थानीय तहका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको व्यवस्थापनको नेतृत्व स्थानीय सरकारलाई हस्तान्तरण गरिसकेको अवस्थामा नगरपालिकाले तलब उपलब्ध नगराउँदा समस्यामा परेको स्वास्थ्यकर्मीको गुनासो छ ।