साउन १६ बाट अन्नपुर्ण जहाजको व्यवसाहिक उडान

काठमाण्डौं । असार–१४, अन्नपुर्ण जहाजको व्यवसाहिक उडान यहि साउन १६ बाट हुने भएको छ । नेपाल वायु सेवा निगमले पहिलो पटक ल्याएको वाइडबडी जहाज (अन्नपूर्ण) ले आगामी साउन १६ बाट व्यवसायीक रुपमा सेवा दिने भएको हो ।
नेपाल वायु सेवा निगमले किनेको राष्ट्रिय ध्वजावाहक ए ३३० जहाज बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
यो क्षणलाई पर्यटनमन्त्री मन्त्री रविन्द्र अधिकारीले खुसीको समय भएको बताएका छन् । साथै मन्त्री अधिकारीले आउँदो साउन १६ बाट नयाँ जहाजको व्यवसायीक उडान सुरु हुने जानकारी समेत गराए ।