केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वैवाहिक बलात्कारका सम्बन्धमा अदालतको फैसला

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२, मंगलबार भारतको दिल्ली हाइकोर्टले लोग्नेले पत्नीमाथि गर्ने यौन हिंसाका बारेमा महत्वपूर्ण फैसला गरेको छ । मंगलबार अदालतले एक मुद्धाको फैसला गर्दै लोग्नेले शारीरिक बल प्रयोग गरेर अथावा जवरजस्तीका साथ गर्ने यौन सम्पर्क मात्र वैवाहिक वलात्कार नभएर पत्नीलाई मजबुर बनाइ गर्ने यौन क्रियाकलाप पनि बलात्कार नै भएको बताएको छ ।

अदालतले बलात्कार हुनका लागि शारीरिक बलको अनिवार्यता नहुने पनि ठहर गरेको छ । अदालतले उक्त मुद्धाको फैसलामा स्पष्ट भनेको छ, बिहेको अर्थ यो होइन कि कुनै पनि महिला आफ्नो लोग्नेसँग हरक्षण यौन सम्पर्कका लागि राजी होउन् ।

वैवाहिक बलात्कारलाई अपराध किटान गर्न माग गर्दै दायर गरिएको निवेदनमा फैसला गर्दै अदालतले भनेको छ कि बलात्कार नहुनका लागि पुरुषले यौन सम्पर्कका लागि महिलाले सहमति दिएको सावित गर्नुपर्दछ ।

दाम्पत्य जीवनमा श्रीमान र श्रीमति दुवैलाई यौन सम्पर्कको लागी अस्वीकार गर्न छुट् भएको अदालतले स्पष्ट पारेको छ ।

अदालतले पहिले वैवाहिक बलात्कार हुनका निम्ति श्रीमानले जवर्जस्ति गरेको वा धम्कि दिएको हुनु पर्ने बताउँदै आएपनि हाल बलात्कारको परिभाष बदलिएको जानकारी गराउँदै श्रीमतिलाई मजबुर गराई राखिने यौन सम्बन्ध पनि वैवाहिक बलात्कार हुने बताएको छ । र यस्तो विषयमा कुनै उजुरी आए कानुन अनुसारको कारवाहि हुने चेतावनी समेत दिएको छ ।

प्रकाशित : 18 July, 2018

प्रतिक्रिया दिनुहोस्