केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केन्याको स्ट्रिप क्लबमा बन्दी २१ नेपाली युवतीको उद्धार

सहयात्रा टिभी

एजेन्सी । श्रावण–६, केन्याको राजधानी नाइरोबीस्थित दुई स्ट्रिप क्लबबाट २१ नेपाली युवतीको उद्धार गरिएको छ ।बिहिबार ‘मानव बेचविखन प्रतिरोध तथा बाल रक्षा एकाई र अपराध एकाईको संयुक्त टोलीले मोगासियो रोड र वेस्टल्याण्डस्थित दुई क्लबमा छापा मारी अवैधानिक रुपमा केन्यामा शोषणका लागि ल्याइएका २१ नेपाली युवतीको उद्धार गरिएको हो ।

पुलिसको छापापछि उमेर नखुलाईका युवतीलाई पीडित शरणार्थी क्याम्पमा राखिएको छ । अधिकारीले उनीहरुको पहिचान र केन्यामा उनीहरुको वैधानिकताबारे अनुसन्धान समाप्त नभएसम्म त्यहाँ नै राख्ने बताएको छ ।

प्रहरीले २१ युवतीसहित ३ आरोपी महिलाहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।

‘हामीहरुले २१ जना युवती र तीनजना आरोपीलाई नियन्त्रणमा लिएका छौं । उनीहरुको अन्तर्राष्ट्रिय मानव तस्करसँग केही सम्बन्ध छ–छैन भन्ने बारे अनुसन्धान गरिरहेका छौं,’ प्रहरीले जानकारी दिए ।

प्रकाशित : 22 July, 2018

प्रतिक्रिया दिनुहोस्