महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारी साधन निषेध

सहयात्रा टिभी

कञ्चनपुर । साउन ११- महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल भारत सीमास्थित वनबसा पुलमा चारपाङ्ग्रे सवारीसाधनको सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र महेन्द्रनगरका अनुसार महाकाली नदीको बहाव एक लाख २३ हजार क्युसेक पुगेको छ ।

नदीमा पानीको बहाव एक लाखभन्दा बढी क्युसेक पुगेपछि पुलमा चारपाङ्ग्रे सवारीसाधानको सञ्चालनमा रोक लगाइने गरिएको छ । पैदलयात्रु, साइकल, मोटरसाइकल सवारीका लागि भने पुल खुला रहेको छ ।

दार्चुलाको दत्तुमा महाकाली नदीको बहाव तीन मिटर ६९ सेन्टिमिटर रहेको छ । अझै नदीमा पानी बढन सक्ने सम्भावना देखिएको कार्य सञ्चालन केन्द्रले जनाएको छ । ६ मिटर माथिको बहावलाई खतरा मानिन्छ । डडेल्धुराको परिगाँउमा महाकाली नदीको बहाव चार मिटर ८८ सेन्टिमिटर छ ।

प्रकाशित : 27 July, 2018

प्रतिक्रिया दिनुहोस्