आइतबारबाट लाइसेन्सको आवेदन खुल्दै

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–११, एक महिनादेखि बन्द रहेको नयाँ लाइसेन्सको वितरण आइतबारबाट खुल्ने भएको छ । साउन १३ गते आइतबारबाट  लहान, वीरगञ्ज र बाग्लुङबाहेकका सबै लाइसेन्स कार्यालयका लागि अनलाइन आवेदन खोल्न लागिएको हो ।

प्रदेश २ को सरकारले भने आफूले अनुमति दिएपछि मात्रै लाइसेन्सको वितरण थाल्न विभागलाई पत्र लेखेको छ । त्यसैका कारण वीरगञ्ज र लहानस्थित कार्यालयबाट लाइसेन्सको आवेदन नखोल्ने निर्णय विभागले लिएको छ ।

प्रदेश २ को भौतिक पूर्वाधार मन्त्रालयले पत्र लेखेर आफ्नो सहमतिविना लाइसेन्सको वितरण नथाल्न संघीय सरकारलाई अनुरोध गरेको थियो । बाग्लुङस्थित लाइसेन्स कार्यालयमा भने व्यवस्थापीकय समस्या रहेकाले लाइसेन्सको आवेदन खोल्न नसकिएको विभागका एक अधिकारीले जानकारी दिए ।

काठमाडौंमा रहेका चार वटासहित अहिले प्रत्येक अञ्चलमा एक/एकवटा लाइसेन्स वितरण गर्ने कार्यालय छन् । आइतबारबाट काठमाडौंमा ४ वटै लाइसेन्स कार्यालयले समेत लाइसेन्स आवेदन खुला गर्नेछन् ।

प्रकाशित : 27 July, 2018

प्रतिक्रिया दिनुहोस्