केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्मलाको बलात्कार पछि गरिएको हत्या आशंकामा दुईजना पक्राउ

सहयात्रा टिभी

कञ्चनपुर । श्रावण–१७, १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको आशंकामा प्रहरीले दुई जना पक्राउ परेको छ । कैलालीका २२ वर्षीय जीवन घर्तीमगर र कञ्चनपुरका १७ वर्षीय दिपक नेगीलाई दोषी भएको आशंकामा पक्राउ गरिएको हो ।

साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालीका २ की निर्मला पन्त साथीको घर गृहकार्य गर्न गएकी थिइन् । उक्त दिन घर नआएपछि निर्मलालाई ११ गते निम्बुखेडास्थित उखुबारीमा मृत अवस्थामा भेटिएको थियो । पक्राउ परेका दुवै अभियुक्त माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

प्रकाशित : 2 August, 2018

प्रतिक्रिया दिनुहोस्