केपी ओली प्रचण्ड माधव नेपाल एमाले


समाज कल्याण परिषदका सदस्यसचिव भ्रष्टाचार आरोपमा निलम्वित

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२३, मंगलबार समाज कल्याण परिषदका सदस्यसचिव डिल्लीप्रसाद भट्ट भ्रष्टाचारको आरोपमा निलम्वित भएका छन् । सदस्यसचिव डिल्लीप्रसाद भट्टले सदस्य सचिव पदको दुरुपयोग गरेर भ्रष्टाचारजन्य काम गरेको उजुरी परेपछि महिला, बालबालिका तथा समाजकल्याण परिषदले भट्टलाई निलम्बन गरेको हो ।

परिषदले भट्टलाई निलम्बन गरेर सदस्यसचिवको जिम्मेवारी महिला बालबालिका मन्त्रालयका सहसचिव बीरबहादुर राईलाई दिएको छ ।

भट्टले परिषदका लागी गाडी खरिद गर्दा लाखौं कमिसन लिने गरेको, परिषदका जिन्सी सामानहरु जस्तै फ्रिज, कम्प्युटर आदि घर लगेर प्रयोग गर्ने गरेको, दातृ निकायसँग रकम माग्ने गरेको, परिषदको बैठकका निर्णय केरमेट गरी सच्याउने गरेको, भृकुटीमण्डपस्थित फनपार्क मेला सञ्चालकसँग मिलेर मासिक रकम असुल गर्ने गरेको लगायतका विषयमा उजुरी परेको छ ।

प्रकाशित : 8 August, 2018

प्रतिक्रिया दिनुहोस्