केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाँदरले दुख दिएपछि, बाँदर घाँस रोप्दै गाउँलेहरु

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२५, बाँदरले अचाक्ली दुःख दिन थालेपछि तामाकोसी गाउँपालिकाका बासिन्दाहरुले बाँदर घाँस रोप्ने नीति लिएका छन् । पहिलो चरणमा भीरकोटमा मोलसेस जातको घाँस रोपेर बाँदरको क्षति रोकथाम गर्न थालिएको हो ।

बाँदर घाँस रोपेपछि बाँदरको बिगबिगी घटेको भीरकोटवासीले बताएका छन् । मोलसेस जातको घाँसमा बाँदरलाई मन नपर्ने गन्ध आउने, बोट बाक्लो हुने, पातमा झुस आउने र च्यापच्याप लाग्ने तेलजस्तो पदार्थ निस्कने भएकाले बाँदर यसको वरिपरि नै जाँदैन ।

यो घासबाट निस्कने झुस शरीरमा टाँसिएपछि निकाल्न नसकिने भएकाले बाँदर टाढैबाट फर्किने गाउँपालिकाका प्रमुख ईश्वरचन्द्र पोखरेलले बताए ।

प्रकाशित : 10 August, 2018

प्रतिक्रिया दिनुहोस्