केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज कृष्णजन्माष्टमी, देशभर धुमधामका साथ मनाइँदै

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१७, आज कृष्णजन्माष्टमी पर्व देशभरका कृष्ण मन्दिरहरुमा भगवान श्रीकृष्णको व्रतउपासना र पूजाआराधना गरीे मनाइँदैछ । भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमी पर्वका अवसरमा देशभरका कृष्ण मन्दिरहरुमा घुँइचो लाग्ने गरेको छ ।

आज पाटन कृष्ण मन्दिरमा दर्शन तथा प्रसाद ग्रहण गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी पनि ललितपुर जाँदैछिन् ।

व्दापरयुगमा माता देवकी र पिता वासुदेवबाट भगवान विष्णुको आठौं अवतारको रुपमा श्रीकष्णको जन्म भएको थियो । भाद्रकृष्णपक्ष अष्टमी तिथिको मध्यरात रोहिणी नक्षत्रमा कृष्णको जन्म भएकाले यस दिनलाई कृष्णजन्माष्टमी पर्वको रुपमा मनाउने गरिन्छ । नेपाली संस्कृतिमा यस रातलाई मोहरात्रिको रुपमा मनाउने चलन छ ।

कृष्णाष्टमीका दिन भगवान कृष्णको जीवनी र ज्ञानले भरिएका कृष्णचरित्र, भगवतगीता, महाभारत, श्रीमदभागवत महापुराणको वाचन, श्रवण गरिनुका साथै घरघरमा राधाकृष्णको भजनकीर्तन र पूजाआजा गरिन्छ ।

आज पाटनको कृष्णमन्दिर, काठमाण्डौंको स्वयम्भूस्थित गीतामन्दिर, बूढानीलकण्ठस्थित इस्कोन मन्दिरलगायत कालीगण्डकी नदीकिनारमा रहेका देवघाट, केलादीघाट, रुरुक्षेत्रमा रहेका कृष्णमन्दिरका साथै देशैभर भगवान कृष्णको विशेष भक्ति र उपासना गरी कृष्णाष्टमी पर्व मनाइँदै छ ।

प्रकाशित : 2 September, 2018

प्रतिक्रिया दिनुहोस्