केपी ओली प्रचण्ड माधव नेपाल एमाले


५ सय सवारी अटाउने स्मार्ट पार्किङ अब न्यूरोडमा

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२०, काठमाण्डौं महानगरपालीकाले ५ सय सवारी साधन एकै पटक अटाउने स्मार्ट पार्किङ बनाउने भएको छ । स्थानियले अपनत्व बोध गर्न सक्ने स्मार्ट पार्किङ भवन बनाउन सक्ने इच्छा भएको कम्पनिले एकल वा संयुक्त रुपमा आवेदन दिन महानगरले बोलपत्र आह्वान गरेको हो ।

उक्त पार्किङ भवन निर्माणका लागी काठमाण्डौं महानगरपालिकाले न्यूरोडस्थित धर्मपथको १ रोपनी १० आना जग्गाको प्रयोग गर्नेछ । उक्त पार्किङ भवन सात तलाको हुनेछ ।

कुल क्षेत्रफलको २५ प्रतिशत क्षेत्रफलमा अत्याधुनिक प्रविधिबाट विज्ञापन गर्न पाइने काठमाण्डौ महानगरपालिकाको सार्वजनिक निजि साझेदारी एकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए । उक्त पार्किङ स्थलको प्रवेश मार्गमा ३० प्रतिशत हरियाली हुनुपर्ने प्रावधान रहेको छ ।

शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई समेत सहज हुने गरि एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने व्यवस्था पार्किङ भवनमा हुनेछ । स्मार्ट पार्किङ स्थान पैदलयात्रु मैत्री हुनेछ । याँहा पर्याप्त उज्यालो, प्रतिक्षालय, विद्युतिय सवारी चार्ज स्टेशन, कार सफाइ तथा मर्मतको सुविधा, पार्किङ नियन्त्रक यन्त्र लगायतको सेवासुविधाहरुको व्यवस्था गरिने कामपाको दाबी छ ।

प्रकाशित : 5 September, 2018

प्रतिक्रिया दिनुहोस्