केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज कुशे औँशी अर्थात बाबुको मुख हेर्ने दिन धुमधामका साथ मनाइँदै

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२४, भाद्र कृष्ण औँसी अर्थात बुबाको मुख हेर्ने पर्व मनाइँदैछ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याइ मनाउने गरिन्छ ।

यो पर्वमा पिताप्रति आदर, सम्मान साथ मिठो खान तथा राम्रो लगाउन दिने गरिन्छ। दिवङ्गत पितालाई भने तर्पण, सिदादान गरी श्राद्ध गर्ने गरिन्छ।

बाबु नभएकाहरुले भने आज उपत्यकाको उत्तरपूर्वमा रहेको गोकर्णेश्वरमा गई तर्पण, सिदादान र श्राद्ध गर्ने गर्छन्। आज गोकर्णेश्वर र बेत्रावती लगायतका स्थानमा मेला लागेको छ।

भाद्र कृष्ण औँसीकै दिन वर्षभर देवकार्य, पितृकार्य लगायत धार्मिक कर्म गर्न आवश्यक पर्ने कुश उखेलिन्छ। आजका दिन वैदिक मन्त्रोच्चारणपूर्वक उखेलिएको कुश वर्ष दिनसम्मका कर्ममा प्रयोग गर्न सकिने र अन्य दिन उखेलिएको कुश त्यसदिन मात्र प्रयोग गर्न सकिने शास्त्रीय मान्यता छ।

हिन्दु धर्मावलम्बीहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्। कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ। आजको दिन घरघरमा नयाँ कुश राखेमा रक्षा हुने र कुश छोए पाप मुक्त भइन्छ भन्ने मान्यता छ।

प्रकाशित : 9 September, 2018

प्रतिक्रिया दिनुहोस्