केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सप्तऋषिको पूजा गरी आज ऋषिपञ्चमी मनाइँदै

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२९, आज नेपाली हिन्दू नारीहरूले सप्तऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी मनाउँदैछन् । रजस्वलाका समयमा भएका त्रुटि आज अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ ।

आज बिहानै उठेर महिलाहरुले नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने परम्परा छ ।

नारीलाई रजस्वलाको तीन दिनसम्म छुन नहुने तथा त्यस अवधिभर विभिन्न संज्ञा दिइने र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको पाइन्छ ।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिने हुँदा यसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमीका दिन भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।

प्रकाशित : 14 September, 2018

प्रतिक्रिया दिनुहोस्