केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्वास्थ्य संस्थामा हड्ताल नगर्न न्यायाधीश जोशीको अन्तरिम आदेश

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२९, बिहीबारबाट इजलास फर्केका न्यायाधीश दीपकराज जोशीले स्वास्थ्य संस्थामा बन्द, हड्तालजस्ता आन्दोलनका कार्यक्रम सञ्चालन गर्न नपाइने फैसला गरेका छन् । बिहीबार नेपाल चिकित्सक संघको नाममा आदेश जारी गर्दै जोशीले स्वास्थ्य सेवाजस्तो आधारभूत क्षेत्रमा बन्द हडताल गर्न नपाइने फैसला गरेका हुन् ।

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता विष्णुप्रसाद तिमिल्सनाले स्वास्थ्य क्षेत्रजस्तो आधारभूत क्षेत्रमा बन्द हड्ताल गर्न नहुने भन्दै दायर गरेको रिटमा सर्वोच्चले यस्तो फैसला गरेको हो ।

गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै विगतदेखि नै स्वास्थ्य क्षेत्रमा बन्द, हडताल गर्दै आएको संघले मुलुकी अपराध ९संहिता० ऐन २०७४ संशोधनका विषयलाई लिएर आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । तर सरकारले संहिताका त्रुटि सच्याउने सहमति गरेपछि उसले भदौ २६ गतेसम्मको समय दिएको थियो ।

प्रकाशित : 14 September, 2018

प्रतिक्रिया दिनुहोस्