केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माइतीघरमा फहराइयो १०० मिटर अग्लो राष्ट्रिय झण्डा

सहयात्रा टिभी

काठमाण्डौं । असोज–३, संविधान दिवसको अवसरमा काठमाडौंको माइतीघर मण्डलामा एक सय मिटर अग्लो राष्ट्रिय झण्डा राखिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आबद्ध युवा संघ नेपाल र वाइसिएलले माइतीघरमा रहेको पूरानो झन्डा फेर्दै नयाँ झन्डा राखेका हुन् ।

युृवा संघ अध्यक्ष रमेश पौडेल र वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटाले संयक्त रुपमा तीन टन तौल र १०० मिटर अग्लो पोलमा राष्ट्रिय झण्डा फहराएका हुन् ।

झण्डा र पोलको व्यवस्थापन पुरण गिरी र हरिश गौतमले गरेको पौडेलले बताए ।सअघि पनि नेपाल देशभक्त युवा समाजले २०७३ माघ १६ गते शहिद दिवसको अवसर पारेर १० मिटर अग्लो र साढे ७ मिटर चौडाईको नेपाली झण्डा राखेको थियो ।तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले संयुक्त रुपमा झण्डोत्तलन गरेका थिए ।

प्रकाशित : 19 September, 2018

प्रतिक्रिया दिनुहोस्