प्रस्तावित प्रमुख आयुक्त घिमिरेको संसदीय सुनुवाइ आज

काठमाण्डौं । असोज–४, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको सुनुवाई आज हुने भएको छ। संसदीय सुनुवाई समितिको बिहिबार दिउँसो १ बजे बस्ने बैठकले घिमिरेको सुनुवाई गर्ने भएको हो।

संवैधानिक परिषदले भदौ २० गते घिमिरेलाई अख्तियारको प्रमुख आयुक्तका लागि सिफारिस गरेको थियो। सुनुवाई विशेष समितिले नाम अनुमोदन गरे अख्तियारको प्रमुख आयुक्तमा घिमिरेलाई राष्ट्रपतिले नियुक्ती गर्ने संवैधानिक व्यवस्था छ। समितिले सुनुवाइपछि घिमिरेलाई अनुमोदन गर्ने वा नगर्ने सम्बन्धी निर्णय गर्नेछ। समितिको दुई तिहाइले अस्वीकृत गरेमा सम्बन्धित पदाधिकारी अस्वीकृत हुने संघीय संसद्को संयुक्त सभा तथा समिति सञ्चालन नियमावलीमा व्यवस्था छ।

समतिले घिमिरेबारे उजुरी दिन भदौ २३ गतेदेखि असोज १ गतेसम्म दश दिने सूचना आह्वान गरेकोमा उनीविरुद्ध कुनै पनि उजुरी दर्ता भएको छैन। यसअघि आयुक्तका रूपमा संसदीय सुनुवाइका क्रममा पनि उनीविरुद्ध उजुरी थिएनन्।

२०७१ सालमा आयुक्त नियुक्त भएका घिमिरे २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारीमा छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *