केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अब अपराधिक घटनाको सूचना संकलन मोवाइल एपबाटै

सहयात्रा टिभी

मोरङ । असोज–४, मोरङ जिल्लामा अपराधिक घटनाको सूचना संकलन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले मोबाइल एप प्रयोगमा ल्याएको छ । प्रबिधिको सदुपयोग गर्दै मोरङ प्रहरीले बिहिबारबाट औपचारिक रुपमा सूचना संकलन गर्न मोवाइल एप प्रयोगमा ल्याएको हो ।

बिहीवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मोवाइल एपको सार्बजनिक गरे । मोबाइल एपको माध्यमबाट सर्वसाधारणले घटनाको बारेमा सहजै प्रहरीलाई जानकारी गराउने र प्रहरी तुरुन्तै घटनास्थलमा पुग्न सक्ने बताइएको छ । ‘हाम्रो सूचना हाम्रो सुरक्षा’ नाम दिइएको नयाँ मोवाइल एपमा कुनै अपराधिक घटना भएको वा अफ्ट्यारोमा परेको अवस्थामा नागरिकले एपमा क्लिक गर्नसाथ प्रहरीलाई घटना स्थलको जीपीएस लोकेसनसहित सूचना पुग्छ । सो सूचनाका आधारमा तत्काल प्रहरी घटना स्थल सम्म पुग्न सक्छन ।

‘प्रहरी र सर्बसाधारणकालागि छुट्टा छुट्टै एप छ,’ मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले भने, ‘डाटा अथवा वाईफाईको माध्ययमबाट एपको इमरजेन्सी बटम क्लिक गरे जीपीपएस लोकेशन सहितको सूचना कन्ट्रोल रुममा आउँछ । कन्ट्रोलले केही सेकेण्डमै घटना स्थल नजिकै रहेको प्रहरीलाई मुभ गराउछ ।’ नयाँ एप चलाउन केही चुनौती रहेपनि अपराध नियन्त्रणमा प्रभावकारी हुने उनले बताए ।

अपराधिक घटनाको सूचना आएपनि ठेगाना पत्ता लगाउन नसक्दा कतिपय अवस्थामा प्रहरी ढिलो मात्र घटना स्थल सम्म पुग्ने समस्या रहेको बताउँदै केसीले एपको प्रयोग गरे प्रहरीलाई घटना स्थलसम्म पुग्न समस्या नहुने बताए । नयाँ एप मोरङ जिल्लाका सबै युनिटहरुबाट सुरु गरिएको उनले बताए ।

प्रकाशित : 20 September, 2018

प्रतिक्रिया दिनुहोस्