केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजबाट इन्द्रजात्रा शुरु, ३६ हात लामो लिंगो ठड्याइयो

सहयात्रा टिभी

काठमाण्डौं । असोज–५, उपत्यकाकै ठूलो चाड मानिने इन्द्रजात्रा आजबाट विधिवत रुपमा सुरु भएको छ । भाद्र शुक्ल द्वादशीका दिनबाट शुरु हुने यो पर्व आज बिहान काठमाण्डौको बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याइएपछि इन्द्रजात्रा शुरु भएको हो ।

आज नालाको जंगलबाट ल्याइएको लिंगो आठ बजेर पाँच मिनेटको शुभ साइतमा ठड्याइएको थियो ।
विशेष गरेर काठमाडौं उपत्यकामा ८ दिनसम्म मनाइने यो पर्वको औपचारिक शुरुवात इन्द्रको मूर्तिस्वरुप लिंगो ठड्याएर गरिन्छ । जसलार्इ नेवारी भाषामा यः सिं भनिन्छ ।

आजदेखि ईन्द्रजात्राको आकर्षणका रूपमा रहेको पुलुकिसि र लाखेनाच पनि सुरु हुन्छ । इन्द्रजात्रा अन्र्तगत सोमबारवाट रथयात्रा सुरु हुन्छ । पहिलो दिन कुमारी घरबाट सुरु हुंदै काष्ठमण्डप, ह्युमत, जैसीदेवल, क्वहिटी, लगन हुंदै कुमारी घर अगाडी ल्याई रथ विश्राम गरिन्छ । रथयात्राको पहिलो दिन राष्ट्रप्रमुख उपस्थित हुने प्रचलन छ ।

मंगलबार रथयात्रा कुमारी घरबाट सुरु भई नरदेवी, तेंगल, बांगेमुढा, असन, बालकुमारी मखन, हनुमानढोका हुँदै कुमारी घरमा आइपुग्नेछ । शुक्रबार कुमारी घरबाट रथयात्रा गर्दै नरदेवी, किलागल, भेडासिङ, इन्द्रचोक, मखन हनुमानढोका हुँदै कुमार घर आइ टुंगिन्छ ।

प्रकाशित : 21 September, 2018

प्रतिक्रिया दिनुहोस्