केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रवेश परीक्षा नदिएकोले पनि कानून पढ्न पाउने

सहयात्रा टिभी

काठमाण्डौं । असोज–५, त्रिभुवन विश्वविद्यालय कानून सङ्कायले प्रवेश परीक्षामा सामेल नभएका विद्यार्थीहरुले पनि कानून तहको स्नातक तह प्रथम वर्षमा पढ्न पाउने व्यवस्था गरेको छ।
पहिले प्रवेश परीक्षा दिएकाले मात्र पढ्न पाउने व्यवस्थालाई हटाएर त्रिविले परीक्षामा सामेल नभएकाले पनि पढ्न पाउने व्यवस्था गरेको हो।

सबै विद्यार्थीको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्नका लागि प्रवेश परीक्षामा सामेल नभएकालाई समेत भर्ना खुलाइएको क्याम्पस प्रमुख डा दिनानाथ पराजुलीले बताए। पहिले कोटा प्रणाली लागू गरिएको ल क्याम्पसमा पछि प्रवेश परीक्षामा मात्र सामेल भएकाले मात्र भर्ना गर्न पाउने भनिएको थियो।

उनका अनुसार प्रवेश परीक्षामा सामेल नभएकालाई शुक्रबारदेखि असोज १५ गतेसम्म भर्ना खुला राखिएको छ। अहिले करीब तीन हजार ६४५ जनाले भर्ना गरिसकेका छन्। कोटा प्रणाली लागू गर्ने सम्बन्धमा विवाद हुँदा करीब चार महिना स्नातक तह प्रथम वर्षको भर्ना रोकिएको थियो। अहिले पढाइ समेत शुरु गरिएको छ।

प्रकाशित : 21 September, 2018

प्रतिक्रिया दिनुहोस्