केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भोलिदेखि दशैंको लागी अग्रिम टिकट बुकिङ

सहयात्रा टिभी

काठमाण्डौं । असोज–८, दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिबाट खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी महासंघको बैठकले भोलि ९ गतेबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

यसअघि ५ गतेबाट गर्ने भनिएको टिकट बुकिङ इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले रोकेका थिए । सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठक बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अनुरुप सार्वजनिक यातायातको भाडादर समायोजन भएपछि अग्रिम टिकट बुकिङ खुला गर्न निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

बढाइएको १० प्रतिशत भाडा अनुसार यातायात व्यवस्था विभागले आइतबार देशभरका विभिन्न रुटको नयाँ भाडादर सार्वजनिक गरेको थियो ।

प्रकाशित : 24 September, 2018

प्रतिक्रिया दिनुहोस्