केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लागूऔषध प्रयोग र कारोबारमा युवा संलग्नता बढ्दै

सहयात्रा टिभी

काठमाण्डौं । असोज–९, केहि समययता लागूऔषध प्रयोग र कारोबारमा युवाको संलग्नता बढ्दै गएको देखिएको छ । पछिल्लो समय सरकार र विभिन्न सङ्घसंस्थाले लागूऔषध प्रयोगकर्ता घटाउने तथा यसको प्रयोगले हुने असरबारे सचेत गराउने विषयमा विभिन्न कार्यक्रम गर्दै आए पनि यसमा युवाहरुको संलग्नता घट्नुको साटो बढिरहेको देखिएको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धले १४ महिनामा ६० लागूऔषध प्रयोगकर्ता पक्राउ गरी मुद्दा चलाएको छ । दर्ता भएका ३५ मुद्दामा १९ देखि ३० वर्ष उमेर समूहका व्यक्ति बढी रहेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिएका छन् ।

आर्थिक वर्ष २०७४/७५ मा ३० युवा र सात किशोर लागूऔषध प्रयोगको आरोपमा पक्राउ परेका थिए । चालु आ.वको असोज पहिलो सातासम्म १८ वर्ष भन्दा बढी उमेरका २३ जना पक्राउ परेका छन् ।

प्रकाशित : 25 September, 2018

प्रतिक्रिया दिनुहोस्