केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गृहमन्त्रीलाई बुझाइयो निर्मला हत्याबारे छानबिन प्रतिवेदन

सहयात्रा टिभी

काठमाण्डौं । असोज–९, आज बलात्कारपछि हत्या गरिएकी कञ्चनपुकी निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ । सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिवेदन बुझाएको हो ।

साउन १० साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । स्थानीय प्रहरीले छानविनमा लापरवाही गरेको भन्दै स्थानीयबासीले आन्दोलन गरेपछि स्थानीय प्रहरी र प्रशासनको नेतृत्व परिर्वतन गर्नुका साथै कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीको नेतृत्वमा छानविन समिति बनेको थियो ।

सोहि समितिले आज बुझाएको प्रतिवेदनमा के कुरा उल्लेख गरिएको छ भन्ने कुरा भने खुलाइएको छैन् । प्रतिवेदन बुझाउने क्रममा पत्रकारहरुलाई तस्वीर लिन समेत दिइएको थिएन् ।

प्रकाशित : 25 September, 2018

प्रतिक्रिया दिनुहोस्