केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल प्रहरीमा भर्ना खुल्यो, ७ हजार २ सय ५६ जनालाई भर्ना आह्वान

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१५, नेपाल प्रहरीले ७ हजार २ सय ५६ रिक्त दरबन्दीमा भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगीलगायतका पदहरुमा सोमबार भर्ना आह्वान गरेको हो ।

जनपथतर्फ प्रहरी निरीक्षकमा १०८ जना र प्रहरी सहायक निरीक्षकतर्फ ५ सय २४ जना माग गरिएको छ । मानव स्रोत विकास विभागका अनुसार प्रहरी जवानको पदमा ६ हजार २ सय ४४ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

प्रहरी कार्यालय सहयोगी (खेलाडी) पदमा ३० जनाको माग भएको छ ।

दरखास्त फारम असोज १८ देखि कात्तिक २९ गतेसम्म बुझाउन सकिनेछ । प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरी तथा सात वटै प्रदेश प्रहरी कार्यालयमा फाराम बुझाउने व्यवस्था मिलाइएको छ ।

प्रकाशित : 1 October, 2018

प्रतिक्रिया दिनुहोस्