केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निकुञ्ज प्रवेशका लागि नयाँ मार्ग

सहयात्रा टिभी

नेपालगञ्ज । असोज–१५, बर्दियाको बाँसगढी नगरपालिका—१ चेपाङ क्षेत्रबाट पर्यटकले अब बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गर्न पाउने भएका छन् । कोहलपुर–सुर्खेत सडकखण्डमा पर्ने बबईको चेपाङ क्षेत्रबाट पर्यटकलाई निकुञ्ज प्रवेशका लागि मार्ग खुल्ला गरिएको छ ।

निकुञ्ज प्रवेशका लागि नयाँ मार्ग खुल्ला गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको बर्दिया बासगढी नगरपालिका प्रमुख शालिकराम अधिकारीले बताए । यसअघि बर्दियाको ठाकुरद्वारबाट मात्र निकुञ्ज प्रवेश गर्न सकिने व्यवस्था थियो । सो मार्गको हालै प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले उद्घाटन गरे ।

सो अवसरमा मन्त्री गिरीले प्रदेशभित्रका पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकारले मुख्य प्राथमिकतामा राखेर निकुञ्जलाई खुल्ला गर्ने रणनीति अवलम्बन गरेको हो बताए ।

प्रकाशित : 1 October, 2018

प्रतिक्रिया दिनुहोस्