केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज १५० औं गान्धी जयन्ती तथा अहिंसा दिवस, नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदै

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१६, आज १५० औं गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाइँदैछ । प्रत्येक वर्षको अक्टोबर २ मा मनाइने अहिंसा दिवस तथा गान्त्री जयन्ती नेपालमा पनि आज विविध कार्यक्रम गरि मनाइँदै छ ।

उक्त दिवसका अवसरमा महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठाले राजधानीमा ‘२१ औं शताब्दीको लोकतन्त्र र गान्धी विचार’ विषयक विचार गोष्ठी आयोजना गरेको छ ।

गोष्ठीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, कांग्रेस केन्द्रीय सदस्य प्रदीप गिरी, नेकपाका केन्द्रीय सदस्य घनश्याम भुषाल, भारतीय जनता पार्टीका नेता तरुण विजय, भारतीय कांग्रेसका नेता चन्दनकुमार र नेपालका लागि भारतीय राजदूत मंजितसिंह पुरीले संबोधन गर्ने आयोजकले जनाएको छ ।

विश्व समाजले मानेका नेता महात्मा गान्धीको जन्म दिन पनि आजै हो । गान्धीले नेतृत्व गरेको चर्खा आन्दोलन, नुन आन्दोलन अहिंसावादी आन्दोलन थिए ।

प्रकाशित : 2 October, 2018

प्रतिक्रिया दिनुहोस्