केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ग्यासको मूल्यमा प्रतिसिलिण्डर रु ७५ घट्यो

सहयात्रा टिभी

भोजपुर । असोज–१९, भोजपुर–लेगुवा सडक खण्डको भाडासँंगै ग्यासको मूल्य घटाइएको छ । चाडपर्व नजिकिएसंंगैँ जिल्लाका सरोकार भएका निकायको बैठकले मूल्य तथा भाडादर घटाएको हो । भोजपुरलाई तराईका जिल्लासंँग जोड्ने भोजपुर–लेगुवा सडकको स्तरउन्नती भएसंगै भाडा एक सय रुपैयाँ घटाएको हो ।

छैसठ्ठी किलोमिटरको सो सडक खण्डमा यात्रुले रु पाँच सय तिर्दै आएका थिए । त्यस्तै यही असोज २४ गतेदेखि लागु हुने गरी ग्यासको मूल्यमा प्रतिसिलिण्डर रु ७५ घटाइएको छ ।

व्यवसायीले ग्यास प्रतिसिलिन्डर रु १८ सय ७५ मा बेच्दै आएकामा रु एक हजार ८०० मा झारिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

त्यस्तै जिल्लामा बेलुका ८ बजेपछि मदिरा बिक्रीवितरणमा समेत रोक लगाइएको छ । ट्याक्सीको भाडाका विषयमा भने एक साताभित्र पुनः बैठक बसेर निष्कर्ष निकालिने जनाइएको छ ।

प्रकाशित : 5 October, 2018

प्रतिक्रिया दिनुहोस्