केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आर्थिक चलखेल गर्ने प्रहरीको निगरानीमा प्रहरीकै टोली परिचालन

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२३, काठमाडौंका केही प्रहरी अधिकारीले विभिन्न ब्यक्ति तथा ब्यवसायीसँग पैसा असुली गर्ने गरेको गुनासो आएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले मातहतका प्रहरीमाथि निगरानी थालेको छ। काठमाडौंका केही प्रहरी अधिकारीले आर्थिक चलखेल गर्ने गरेको गुनासो पछि परिसरले विषेश टोलीनै परिचालन गरेको हो ।

काठमाडौं प्रहरीका एसएसपी वसन्त लामा र परिसरकै एसपी अशोक सिंहले प्रत्येक प्रहरी कार्यालयमा पुगेर व्रिफिङ गर्ने गरेका छन्। उक्त टोलीले काठमाडौंका प्रहरीको निगरानी गर्नेछ।

लामाका अनुसार काठमाडौंका नाकामा रहेका प्रहरी अधिकारी, बौद्ध महाराजगंज, बालुवा खानी, ढुंगा खानी भएका क्षेत्रमा प्रहरीले निगरानी बढाएको छ।

त्यसैगरी काठमाडौं प्रहरी मातहतका मुद्दा शाखामा पनि प्रहरी निगरानी बढाइएको छ।
त्यसैगरी परिसरले सोमबार मात्र प्रहरी वृत्त कमलपोखरीका एक सई माथि आन्तरिक अनुसन्धान थालेको छ।

सेवाग्राहीबाट घुस मागेको भन्ने उजुरी परेपछि परिसरले छड्के चेकजाँच गरी ती प्रहरीलाई परिसरमा झिकाएर सोधपुछ थालेको परिसरले जनाएको छ।

प्रकाशित : 9 October, 2018


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्